सोसल मिडिया
युनिकोड
नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । हिजोदेखि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको बैठक आज पनि बस्ने भएको हो ।
हिजोको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । जसमा स्थानीय तह उपनिर्वाचनको समीक्षा गरिएको छ भने राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रभावबारे उल्लेख गरिएको छ ।
त्यस्तै वैज्ञानिक समाजवाद कार्यान्वयनका लागि राष्ट्रिय पुँजीको सञ्चय, आर्थिक रूपान्तरणका लागि पुँजी परिचालन, औद्योगिक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने विषय प्रतिवेदनमा समावेश गरिएका छन् ।
देशभर पार्टीको सङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशनबारे समीक्षा, आगामी दिनमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गरिएको छ । आजकोबैठकले पार्टी सङ्गठनलाई सुदृढीकरण गर्न भावी कार्यदिशा तय गर्नेछ ।
नेताको कार्यविभाजनअन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसङ्गठन इन्चार्ज तोक्न पार्टी अध्यक्ष नेपालको नेतृत्वमा गठित कार्यदलले आजको बैठकमा नामावली प्रस्तुत गर्ने र सोही बैठकले अनुमोदन गर्ने जनाइएको छ ।