चीनसँग भएको बीआरआई सम्झौता कार्यान्वयन गर्न सरकारलाई विज्ञको सुझाव

बिहीबार, मंसिर २७, २०८१

आर्थिक एवं विदेश मामिला विज्ञहरूले चीनसँग भएको बीआरआई सम्झौता कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएका छन्। 

बुधबार आयोजित अन्तक्रियामा नेपाली कांग्रेस नेता डाक्टर गोविन्दराज पोखरेल, विदेश मामिला विज्ञ अरुण सुवेदी, राप्रपा नेता शोभित उप्रेती र परराष्ट्रविद् हिरण्डयलाल श्रेष्ठले सम्झौता कार्यान्वयनमार्फत नेपालको विकासमा टेवा पुर्‍याउन आग्रह गरेका हुन् । 

उनीहरूले कुनै पनि देशसँगको सम्बन्ध र सम्झौता अन्य देशविरुद्धको परियोजनाको रूपमा बुझन नहुने भन्दै उनीहरुले सुरुङ मार्ग, सडक तथा जलविद्युतका क्षेत्रमा सम्झौता उपयोगी हुने धारणा राखे। 

सरकारले मंगलबार मात्रै परराष्ट्र मन्त्रालयमार्फत सम्झौताको पूर्ण विवरण सार्वजनिक गरेको थियो। बीआरआई ऋण कि अनुदान भन्ने बहस भइरहेका वेला सम्झौताको पूर्णपाठ आएपछि थप व्याख्या हुन थालेको हो।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  ०९:१७
प्रतिक्रिया दिनुहोस्