सहकारी ठगीका मुख्य नाईके जीबी राईको पासपोर्ट रोक्का

बिहीबार, मंसिर २७, २०८१

सहकारी ठगीका मुख्य नाईके भनेर चिनिएका जीबी राईको राहदानी रोक्का भएको छ । उनी अहिले फरार छन्। 

जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा ६ वटा सहकारीको २ अर्ब ५८ करोड अपचलन गरेको आरोप लागेका राईको राहदानी विभागले रोक्का भएको हो ।

सहकारीकै रकम अपचलनमा गोर्खा मिडिया ग्रुपका दुई संचालक छविलाल जोशी र रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पछि प्रहरीले संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।

संगठित अपराधको आरोपीका रुपमा राईको राहदानी रोक्का भएको हो । अब उनले नेपाली राहदानी बोकेर यात्रा गर्न सक्ने छैनन् । उनलाई समात्न रेड कर्नर नोटिस समेत जारी भएको छ। 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  २०:२१
प्रतिक्रिया दिनुहोस्