अख्तियारले पाता कसेपछि सूर्य घर गए, बीमा प्राधिकरणको अध्यक्ष मदनले पाए 

बिहीबार, मंसिर २७, २०८१

नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव मदन दहाललाई दिइएको छ । हालका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि अर्काे व्यवस्था नभएसम्म सहसचिव दहाललाई अर्थ मन्त्रालयले अध्यक्षको जिम्मेवारी दिएको हो ।

बिमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरीयतामा रहेका दहाल बीमा प्राधिकरणको अध्यक्षका रूपमा कामकाज गर्ने गरी तोकिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  २०:५६
प्रतिक्रिया दिनुहोस्