लोक सेवामा ५० लाख भन्दा बढीले दरखास्त दिए, चालिस हजार मात्र पास भए

बिहीबार, मंसिर २७, २०८१

लोक सेवा आयोगले १० वर्षको अवधिमा खुलाइएका विभिन्न दरबन्दीमा ५० लाख भन्दा बढीले दरखास्त दिएको जानकारी दिइएको छ । 

आयोगले राज्यव्यवस्था तथा सुशासन समितिमा उपस्थित भएर आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ सम्म आयोगबाट कूल जम्मा ५७ हजार ७ सय २५ दरखास्त र सिफारिससम्बन्धी विवरण: (बढुवा समेत) विज्ञापन प्रकाशन गरेको जानकारी दिएको छ । 

आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले बैठकमा दिएको जानकारी अनुसार १० वर्षमा ५० लाख ५७ हजार १ सय ५२ दरखास्त परेको छ । 

‘जसमा २५ लाख २८ हजार १ सय ५५ महिला र २५ लाख २८ हजार ९ सय ९७ पुरुष गरी कूल ५० लाख ५७ हजार १ सय ५२ दरखास्त परेका थिए‚’ समितिमा उनले भने‚ ‘सो अवधिमा ४१ हजार ७ सय ३४ उम्मेदवार सिफारिस भएका छन् ।’

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  २१:२७
प्रतिक्रिया दिनुहोस्