राष्ट्रपति रामचन्द्रले यी पाँचजनालाई नेपाली राजदूत नियुक्त गरे

शुक्रबार, मंसिर २८, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले पाँचजनालाई विभिन्न देशको नेपाली राजदूत नियुक्त गरेका छन् । 

राष्ट्रपतिले प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्रा.डा. कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा. शिवमाया तुम्बाहाङफेलाई दक्षिण कोरियाको लागि नेपाली राजदूत नियुक्त गरेका हुन् । 

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उनीहरूलाई शुक्रबार राजदूत नियुक्त गरेका हुन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्