सोसल मिडिया
युनिकोड
उपेन्द्र यादवलाई विदेशमै हुँदा चक्मा दिएर फुटाएको नयाँ पार्टीले तात्तातै प्रचण्ड सरकारलाई काँध हालेको छ। पार्टी फुटाएपछि आजै मात्र निर्वाचन आयोगमा दर्ता भएको जनता समाजवादी पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो।
सो पार्टीका महासचिव मोहम्मद ईस्तियाक राईले वक्तव्य जारी गर्दै प्रचण्ड सरकारलाई समर्थन दिने निर्णय गरेको हो। उक्त पार्टीको अध्यक्ष अशोक राई हुन् । नयाँ पार्टीले अशोक राईलाई बर्खास्त गर्न समेत प्रधानमन्त्रीलाई आग्रह गरेको छ। उसले अब दुई मन्त्रालय पाउने श्रोतको दाबी छ।