काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घट्यो, चिसो बढ्यो

शनिबार, मंसिर २९, २०८१

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ। आज (शनिबार) बिहान ५:४५ बजे २.५ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बिहान ८:४५ बजे २ डिग्री सेल्सियसमा झरेको हो। 

मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार काठमाडौँका लागि यो तापक्रम यस वर्ष लागेयताकै कम हो। 

मौसम महाशाखाका अनुसार आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ७.२ डिग्री सेल्सियस छ। सबैभन्दा बढी न्यूनतम तापक्रमचाहिँ विराटनगरमा ९ डिग्री सेल्सियस छ। 

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्