घट्यो सुनको भाउ, तोलाको कति छ ?

आइतबार, मंसिर ३०, २०८१

नेपाली बजारमा सुनको मूल्य फेरि घटेको छ । आज (आइतबार) छापावाल सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको थियो ।

आज सुन १ लाख ५० हजार ८०० रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । शुक्रबार १ लाख ५३ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला १ हजार ८६० रुपैयाँमा मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्