त्रिभुवन विश्वविद्यालयमा ८ जना डिन नियुक्त

आइतबार, मंसिर ३०, २०८१

त्रिभुवन विश्वविद्यालयमा ८ जना डिन नियुक्त भएका छन्।

त्रिवि कार्यकारी परिषद‍्को शनिबारको बैठकले ८ वटा संकायका डिन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो। नियुक्ति पाएकाहरूलाई आज नियुक्ति पत्र हस्तान्तरण गरी पदस्थापन गरिँदै छ।

त्रिविका प्रवक्ता एमन सिंह बोहराका अनुसार योग्यता प्रणालीका आधारमा मानविकी तथा सामाजिकशास्त्र संकायको डिनमा प्रा.डा.द्विविनन्द ढकाल नियुक्त भएका छन् भने इन्स्टिच्युट अफ मेडिसिनको डिनमा प्रा‍.डा.मोहनराज शर्मा, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा डा.किशोरचन्द्र दाहाल नियुक्त भएका छन्।

शिक्षाशास्त्र संकायमा प्रा.डा.वेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा डा.ठाकुर सिलवाल, व्यवस्थापन संकायमा प्रा.डा.महानन्द चालिसे, इन्जिनियरिङ अध्ययन संस्थानमा सुशीलबहादुर वज्राचार्य, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्रा.डा.शंकर खनाल डिन नियुक्त भएका छन्।

बैठकले योजना निर्देशनालयका निर्देशकमा डा.लक्ष्मीकान्त शर्मा, शिक्षा विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा डा.राजेन्द्र कुँवर र व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा प्रा.डा.मीना राजभण्डारीलाई नियुक्त गरेको प्रवक्ता बोहराले जानकारी दिए।
 

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १३:३०
प्रतिक्रिया दिनुहोस्