दुई दिनसम्म चलेको एमालेको कार्यशालाले के-के गर्यो काम कारबाही ?

आइतबार, मंसिर ३०, २०८१

६ बुँदे संकल्प प्रस्ताव पारित गर्दै नेकपा एमालेको कार्यशाला सकिएको छ । दुई दिनसम्म चलेको कार्यशालाले ६ बुँदे संकल्प प्रस्ताव पारित गरेको हो । 

संकल्प प्रस्तावमा माग फागुन, चैत तीनै महिना पार्टी नेतृत्व ७५३ स्थानीय तहमा पुग्ने रहेको एमाले नेता विशाल भट्टराईले जानकारी दिए ।

एमालेको देशभरको ‘क्रिम फोर्स’भेला भएर स्थानीयस्तरमा पार्टी निर्माणमा युद्धस्तरमा गतिशील बन्ने सङ्कल्प गरिएको उनले बताए । कार्यशालामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेलले महत्त्वपूर्ण मार्गदर्शन गरेको उनले बताए ।

संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले कार्यपत्र प्रस्तुत गरेको र १० वटा समूहको तर्फबाट छलफलको निष्कर्ष प्रस्तुत गरिएको उनको भनाइ छ । 

नेता भट्टराईले देश, जनता र पार्टीको पक्षमा पर्‍यो भने आफूलाई निर्मम रूपान्तरण गर्न तयार हुनुपर्छ भन्ने सामूहिक सङ्कल्प गरिएको जानकारी दिए । यस्तै चैतसम्ममा देशका ६७४३ वडामा पार्टीको तोकिएको नेतृत्व पुग्ने निर्णय भएको उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  २१:१२
प्रतिक्रिया दिनुहोस्