पाँच दिन उतै बिताउने गरि उद्योग मन्त्री दक्षिण कोरिया उडे

आइतबार, मंसिर ३०, २०८१

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पाँच दिने औपचारिक भ्रमणका लागि दक्षिण कोरिया प्रस्थान गरेका छन् । मन्त्री भण्डारी आइतबार औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।

नेपाल र दक्षिण कोरियासँग कूटनीतिक मैत्रीपूर्ण सम्बन्ध भएको ५० वर्ष पूरा भएका अवसरमा विभिन्न सम्झौता गर्न मन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान गरेको सचिवालयले जनाएको छ ।

मन्त्री भण्डारी र दक्षिण कोरियाका राज्यमन्त्रीबीच ट्रेडिङ इन्भेस्टमेन्टसम्बन्धी एमओयु सम्झौता गरिने बताइएको छ । कोरियामा रहेका लगानीकर्तालाई नेपालमा लगानी भित्र्याउने विषयमासमेत छलफल हुने उनका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  २१:३७
प्रतिक्रिया दिनुहोस्