नेपाल प्रहरीमा तीन डिआइजी खाली, अर्जुन पनि गए घर

आइतबार, मंसिर ३०, २०८१

प्रहरी नायव महानिरीक्षक (डिआइजी) अर्जुन चन्द ठकुरी आइतबारबाट अनिवार्य अवकाश भएका छन् । उनी उमेर हदका कारण आज राति १२ बजेबाट अनिवार्य अवकाशमा गएका हुन् । 

विद्यमान प्रहरी नियमावली अनुसार ५६ वर्षे उमेर हदका कारण डिआइजीहरू अवकाश हुने प्रावधान छ । ३० वर्षे सेवा अवधिअनुसार आगामी चैतसम्म सेवा अवधि भए पनि त्यस अगावै उमेर हदका कारण उनी अवकाशमा गएका हुन् ।

ठकुरी अवकाशमा गएसँगै नेपाल प्रहरीमा रिक्त डिआइजीको संख्या ३ पुग्ने भएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  २१:४२
प्रतिक्रिया दिनुहोस्