पूर्वमन्त्री समेत रहेका काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन

सोमबार, पुस १, २०८१

काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका सिंहको ८५ वर्षको उमेरमा आज बिहान ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको हो । लामो समयदेखि अस्वस्थ रहेका सिंहको गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो ।

२०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए । उनले लौहपुरुष गणेशमान सिंहका प्रमुख सहयोगी भएर पनि काम गरेका थिए । तर कांग्रेसको राजनीतिबाट वितृष्णा जागेपछि उनी निष्कृय भएर बसेका थिए ।

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  ०९:३४
प्रतिक्रिया दिनुहोस्