कांग्रेसले डाक्यो आकस्मिक केन्द्रीय समितिको बैठक

सोमबार, पुस १, २०८१

नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएको छ।

बैठक आज बिहान साढे ११ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको हो। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई बोलाइएको छ।

काठमाडौंका पूर्वमेयर एवम् पूर्वमन्त्री पीएल सिंहको निधनपछि कांग्रेस बैठक बस्न लागेको हो। बैठकमा शोक प्रस्तावबारे निर्णय गर्ने कांग्रेसको तयारी छ।

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १०:०४
प्रतिक्रिया दिनुहोस्