सत्तापक्षका सांसद हराएपछि अर्थ समितिको बैठकै भाँडियो

सोमबार, पुस १, २०८१

गणपूरक संख्या नपुगेपछि अर्थ समितिको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थसमिति बैठकमा १२ सांसद उपस्थित हुनुपर्नेमा आठ जनामात्रै उपस्थित भएपछि बैठक स्थगित गरिएको हो ।

नेकपा (माओवादी केन्द्र)का सांसद गंगा कार्कीले गणपूरक संख्या नपुर्‍याएरै बैठक सञ्चालन गरिएको भन्दै विरोध जनाएका थिए । उनले सत्तापक्षका सांसद नै बैठकमा उपस्थित नहुनु राम्रो नभएको र कोरम नपुगेर बैठक बस्न नमिल्ने बताए ।

उनको विरोधपछि समितिका सभापति सन्तोष चालिसेले बैठक स्थगित गरे ।

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १३:४०
प्रतिक्रिया दिनुहोस्