सोसल मिडिया
युनिकोड
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित पदाधिकारीहरुलाई खादा लगाईदिएर पौडेल आजै थाइल्याण्ड उडेका हुन्।
अर्थ क्षेत्रको केस्रा-केस्रा केलाउन सक्ने पत्रकार मेनुका कार्कीको अध्यक्षतामा नाफिजले नयाँ नेतृत्व चयन गरेको छ।
एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्याण्ड गएको उनको सचिवालयले जनाएको छ ।
एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक आयोगले आयोजना गर्ने उच्चस्तरीय क्षेत्रीय परामर्श बैठक पुस २ र ३ गतेसम्म हुनेछ ।