रवि लामिछाने अझै चार दिन भित्रै थन्किने, मुद्दा कहिले हुन्छ अभियोजन ?

मंगलबार, पुस २, २०८१

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

यसअघि मंसिर २७ गते उनीमाथि अध्ययनका लागि ५ दिनको म्याद थप गरिएको थियो। उनीसँगै प्रहरीले गोरखा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, जीवि राईका सहयोगी लिला पछाईंलाई पनि अदालत उपस्थित गराएको छ। 

लामिछानेलाई गत कात्तिक २ गते प्रहरीले काठमाडौंबाट समातेको थियो।

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्