सोसल मिडिया
युनिकोड
दुई/तीन दिनयता घटिरहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज ५ डिग्री सेल्सियसमा उक्लिएको छ। मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार हिजो मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस थियो।
गत मंसिर २९ गते काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यो वर्षअन्तर्गत अहिलेसम्मकै कम २ डिग्री सेल्सियसमा झरेको थियो। तर मंसिर ३० गतेयता निरन्तर बढ्दै आज ५ डिग्री सेल्सियसमा उक्लिएको हो।