घट्यो आज सुनको भाउ, तोलाको कतिमा खुम्चियो ?

बुधबार, पुस ३, २०८१

बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो।

मंगलबार तोलामा १ लाख ५१ हजार ४ सय रूपैयाँमा कारोबार भएको सुन आज १ लाख ५० हजार ७ सय रुपैयाँ कायम भएको छ। यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा ५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्