सोसल मिडिया
युनिकोड
मंगलबार नेप्से सूचक घटेर सेयरबजार नै राताम्मे बन्दा पनि २ कम्पनीको मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। यो नेप्से सूचक ५.६० अंकले घटेर २६२८.२६अंकमा आइपुग्दा ४ अर्ब २७ करोडको कारोबार भएको हो।
कारोबार खुम्चिएसँगै अधिकांश कम्पनीको मूल्य घट्न पुगेको छ। कारोबारमा आएका ३१४ कम्पनी मध्ये १४९ कम्पनीको मूल्य घट्दा ८१ कम्पनी भने कमाउनेको सूचीमा देखिए। बाँकी १२ वटाको मूल्यमा भने आज कुनै उतारचढाव देखिएन।
बजार ओरालो यात्रा गर्दा पनि फाइनान्स, माइक्रोफाइनान्स र व्यपार समूहको उपसूचक बढेका छन्। बाँकी समूहको उपसूचक घटेर राताम्मे बनेका हुन्।
कम्पनीगत रुपमा भने आज उपकार लघुवित्त र सर्पोट माइक्रोफाइनान्स भाग्यमानी देखिए। यी दुवै कम्पनीको राताम्मे बजारमा पनि मूल्यमा १० प्रतिशतको बृद्धि सहित सकारात्मक सर्किट लागेको हो।
यो बाहेक मानुसी लघुवित्त, सिक्लेस हाइड्रो लगायतका कम्पनीको पनि ८ प्रतिशत माथिको मुल्य बृद्धि भएको छ।
यता घट्नेमा भने कुथली बुखरीमा अगाडि छ। यो कम्पनीको ९.९० प्रतिशतले मूल्य बढेको छ।
कारोबारमा भने आज जानकी फाइनान्स १५ करोडको कारोबार भएको छ।