सोसल मिडिया
युनिकोड
काठमाडौ ओर्लिने बित्तिकै जसपाका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव प्रधानमन्त्रीसँग मन दुखाउन बालुवाटार पुगेका छन् ।
अमेरिकाबाट आज विहान तीन बजे काठमाडौ ओर्लिएका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री यादवले मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पार्टी फुटाएको भन्दै गुनासो गर्न पुगेका हुन् ।
प्रधानमन्त्रीसँगको छलफल सकेर बालुवाटारबाट बाहिरिएका यादव सभामुखले बोलाएको बैठकमा सहभागी हुन् सिंहदरबार पुगेका छन्।
यादव अमेरिकामै रहेको बेला उनको दल जसपा विभाजन भएको छ। १२ सांसद रहेको जसपाका ७ जनाले यादवको साथ छाडेर नयाँ दल गठन गरेका छन्। उक्त दलले नयाँ पार्टीको मान्यता पाईसकेको छ।