प्रधानमन्त्री ओलीको भारत भ्रमणको जाँचोपाँजो मिलाउन परराष्ट्रमन्त्री भारतमा

बुधबार, पुस ३, २०८१

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जर्मनीको राजधानी बर्लिनबाट भारतको नयाँ दिल्ली प्रस्थान गरेकी छन् ।

परराष्ट्रमन्त्री देउवाले बेल्जियम, नेदरल्याण्ड्स र लक्जेम्बर्गको भ्रमणपश्चात जर्मनीको भ्रमण गरेकी थिइन् । जर्मनीमा रहँदा उनले यौनिक र लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारसम्बन्धी सम्मेलन–२०२४ मा सहभागिता जनाएकी थिइन् ।

सो अवसरमा परराष्ट्रमन्त्री देउवाले लैङ्गिक अल्पसङ्ख्ययकहरूले विश्वभर सामना गर्नुपरेका हिंसा, उत्पीडन र प्रणालीगत असमानताका चुनौतीहरूबारे चर्चा गरे ।

साथै, उनले नीतिमा आधारभूत रूपान्तरणको आवश्यकता औँल्याउँदै, नारीवादी परराष्ट्र नीतिले दीर्घकालीन परिवर्तन गर्न सक्ने सम्भावनाका विषयमा चर्चा गरे । परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको जाँचोपाँजो मिलाउने बताईएको छ। श्रोतका अनुसार ओली पुस अन्तिम साता भारत भ्रमणमा जानेछन्।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  २१:१९
प्रतिक्रिया दिनुहोस्