सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन् ।
ओलीले आज बिहीबार अपरान्ह ४ बजे बस्ने गरि बैठक बोलाएका हुन्।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
याे मन्त्रिपरिषद्को नियमित बैठक हाे। हरेक साताकाे साेमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गरेकाे छ।
श्रोतका अनुसार आजको बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय हुँदैछ।