घट्यो आज सुनको मूल्य, तोलाको कतिमा झर्यो ?

बिहीबार, पुस ४, २०८१

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  ११:१०
प्रतिक्रिया दिनुहोस्