सोसल मिडिया
युनिकोड
१५औँ महाधिवेशनमा सभापतिमा लड्ने घोषणा गरेका कांग्रेस नेता डा. शेखर कोइरालाले देश दौडाहा सुरु गरेका छन् ।
१८ मंसिरमा विराटनगरमा कोशी प्रदेशभित्रका नगर सभापतिहरूको भेला राखेका कोइराला शुक्रबार सुदूरपश्चिमको यात्रामा निस्किन लागेका हुन् ।
जिल्ला दौडाहामा निस्किएका कोइराला महाधिवेशनकेन्द्रित हुन थालेका छन् । कोइरालाले सुदूरपश्चिम प्रदेशमा पनि विभिन्न जिल्लाका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । सुदूरपश्चिम प्रदेश सभापति शेरबहादुर देउवाको गृहप्रदेश हो ।
कोइराला ६ पुसमा नेपाल प्रजातान्त्रिक सेनानी संघ सुदूरपश्चिमको पहिलो प्रदेश अधिवेशनमा सहभागी हुनेछन् । उनलाई उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा निम्त्याइएको छ । त्यसको एकदिन अघि कोइरालाले जिल्लागत भेटघाट राखेका छन् । उक्त भेटघाट महाधिवेशनलक्षित हुने नेता गुरुराज घिमिरेले बताए ।