सोसल मिडिया
युनिकोड
आज दिउँसो चार बजे बस्ने मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ ।
दिउँसो चार बजे बस्नेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । तर बैठक स्थगित भएको छ ।
बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे उठेका प्रश्न र त्यसबारे छलफल हुने बताइएको थियो ।
प्रधानमन्त्रीको स्वास्थ्यमा सामान्य समस्या देखिएपछि बैठक स्थगित गरिएको बालुवाटार स्रोतले जनायो।