प्रतिपक्षी सांसदका ज्वाइँ कुलमान हटाउने दिन ओली बिरामी, प्रचण्डको चर्को दबाब

बिहीबार, पुस ४, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीको इन्डोस्कोपी गरिएको छ । बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री ओलीको इन्डोस्कोपी गरिएको हो ।

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहका अनुसार उनको नियमित स्वास्थ्य जाँचको क्रममा इन्डोस्कोपी गरिएको हो ।

शरीरमा घाउ नपारी शरीरको भित्री भाग परीक्षण गर्ने प्रक्रिया नै इन्डोस्कोपी हो । जसमा शरीरको भित्री भागको अवस्था नजिकबाट हेर्न इन्डोस्कोप (उपकरण) प्रयोग गरिन्छ । यसलाई मुखबाट छिराएर खाद्यनली, पेटलगायतमा के भएको छ भनी प्रष्ट रूपमा मोनिटरमा हेर्न सकिन्छ ।

इन्डोस्कोपी गरेपछि प्रधानमन्त्री ओली बिहीबार दिनभर बालुवाटारमै आराम गरेर बसेका छन् । चार बजे क्याबिनेट बैठक डाकेका प्रधानमन्त्री ओलीले अन्तिममा आएर क्याबिनेट बैठक स्थगित गरेका थिए। आजको क्याबिनेटले बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई हटाउने निर्णय गर्ने चर्चा चलेको थियो। 

प्रतिनिधिसभा सदस्य समेत रहेका राप्रपाका नेता तथा पूर्व गृहमन्त्री बुद्दिमान तामाङ्गका छोरी ज्वाई कुलमानलाई नहटाउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चर्को दबाब छ। 

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  २०:२६
प्रतिक्रिया दिनुहोस्