कतारका राजा शीतलनिवास पुगेर सोझै सोल्टी जाने, उतै रात्रिभोज खाने 

मंगलबार, वैशाख ११, २०८१

नेपालका दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले कतारका अमिरलाई स्वागत गरे लगत्तै त्यहीबाट द्विपक्षीय शिष्टाचार भेटवार्ताका लागि शितल निवास गएका हुन् ।

शितल निवासमा भेटवार्तापछि अमिर सोल्टी होटलमा जाने तालिका छ । उक्त होटलमा कतारका अमिरको सम्मानमा राष्ट्रपति पौडेलले मंगलबार रात्रिभोज आयोजना गर्दैछन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्