पश्चिमी वायुको प्रभावले आजको मौसममा कहाँ-कहाँ पार्छ दख्खल ?

शुक्रबार, पुस ५, २०८१

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशमा भने राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहने छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  ०८:२७
प्रतिक्रिया दिनुहोस्