कुलमानलाई काँजो लगाउन प्रधानमन्त्री ओलीले आजैलाई जुराए साईत

शुक्रबार, पुस ५, २०८१

मन्त्रिपरिषदको बैठक आज बस्दै छ । हिजो बस्ने तय भए पनि प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेपछि स्थगित गरिएको बैठक आज दिउँसो १ बजे बोलाइएको हो ।

मन्त्रिपरिषद बैठकमा कर्मचारी सरुवा लगायतका मन्त्रालयगत नियमित एजेण्डामा छलफल गर्ने तयारी छ ।

प्रधानमन्त्री ओलीको विहीबार त्रिवि शिक्षण अस्पतालमा इन्डोस्कोपी गरिएको थियो । आजको बैठकमा नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बारेमा पनि छलफल हुने बुझिएको छ । पछिल्लो समय प्राधिकरण र सरकारबीच टसल देखिँदै आएको छ ।

कुलमानलाई मन्त्रालय तानेर प्रधानमन्त्री ओलीकै गृहजिल्ला झापाका एक थानलाई त्यहाँ विराजमान गराईने श्रोतको दाबी छ। 

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्