सुनको भाउ घटेको घट्यै, आज तोलाको कति छ ?

शुक्रबार, पुस ५, २०८१

नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रूपैयाँले घटेको छ ।

यसअघि बुधबार तोलामा ७ सय रूपैयाँ र बिहीबार तोलामा १ हजार ७ सय रूपैयाँले घटेको थियो । आज सुन तोलाको १ लाख ४८ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा २० रूपैयाँले घटेर १ हजार ७ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्