प्रधानमन्त्री तन्दुरुस्त भएपछि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

शुक्रबार, पुस ५, २०८१

मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरदेखि मन्त्रिपरिषद् बैठक जारी छ ।

आजको बैठकमा कर्मचारी सरुवा लगायतका मन्त्रालयगत नियमित एजेण्डामा छलफल गर्ने तयारी छ । यसअघि बिहीबारका लागि डाकिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएपछि रोकिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १४:३३
प्रतिक्रिया दिनुहोस्