सोसल मिडिया
युनिकोड
विश्व ध्यान दिवसको अवसरमा भारतीय दूतावासले चिन्मय सेन्टर, काठमाडौंसँगको सहकार्यमा एक कार्यक्रमको आयोजना गर्यो ।
शनिबार विश्व ध्यान दिवसको अवसरमा दूतावास परिसरमा आयोजित कार्यक्रममा चिन्मय सेन्टरका सदस्यहरू, दूतावासका अधिकारीहरूको सहभागीता थियो ।
कार्यक्रममा ध्यान अभ्यास गर्न, मानसिक स्वास्थ्यलाई बढावा दिन र विश्वव्यापी सद्भाव प्रवर्द्धन गर्न जोड दिइएको भारतीय दूतावासले जानकारी दिएको छ ।
ध्यान केन्द्रित गर्ने कार्यक्रममा सहभागीता जनाएका सहभागीहरुले वैश्विक सद्भाव प्रवर्द्धन र मानसिक स्वास्थ्यलाई बढावा दिएको दाबी गरिएको छ ।