सोसल मिडिया
युनिकोड
२०१४ सालको भद्र अवज्ञा आन्दोलनमा भाग लिएर राजनीतिक यात्रा शुरु गरेका नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री सूर्यमान गुरुङको निधन भएको छ।
ताप्लेजुङमा जन्मिएका गुरुङको गुरुङको आज मंगलबार ८४ वर्षको उमेरमा निधन भएको हो। लामो समय अमेरिका बसेर गुरुङ केही समय अघि मात्र नेपाल आएका थिए। उनले कमलपोखरीको हिमाल अस्पतालमा अन्तिम श्वास फेरेको पारिवारिक श्रोतले बताएको छ।
लामो समय ताप्लेजुङ काङ्ग्रेसको सभापति भएका गुरुङ काङ्ग्रेस केन्द्रीय सदस्य समेत भएका थिए।
स्थानीय विकास र श्रम मन्त्री भएका गुरुङ पहिलो संविधानसभाको निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित भएका थिए।
राजनीतिक संघर्षका क्रममा उनले पाँच वर्ष जेलमा र नौ वर्ष निर्वासनमा बिताएका थिए। पूर्व राजा वीरेन्द्रको राज्याभिषेक ताका उनी अढाई वर्ष जेल परेका थिए। दार्जिलिङ, भारतबाट स्नातक तहसम्मको अध्ययन गरेका गुरुङका ३ छोरी र २ छोरा छन् ।