सोसल मिडिया
युनिकोड
हिजो साँझ र आज गरि तारन्तार प्रधानमन्त्री प्रचण्डलाई भेटेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले डाकेको बैठक आलोकनगरमा सुरु भएको छ।
बालुवाटारमा प्रधानमन्त्री दाहालसँग भएको भेटवार्तामा अध्यक्ष नेपालले उपेन्द्र यादवको पार्टी विभाजनबारे चासो राखेका थिए । सो भेटमा प्रधानमन्त्री दाहालले आफूले जसपा, नेपाल विभाजन गर्न भूमिका नखेलेको स्पष्टीकरण दिएका थिए ।
पार्टी मुख्यालय आलोकनगरमा सुरु भएको बैठकमा पछिल्लो राजनीतिक स्थिति र आसन्न महाधिवेशनको विषयमा छलफल गर्ने बुझिएको छ । आजको बैठकमा आगामी स्थायी कमिटी बैठकका एजेण्डासमेत तय गर्ने बताईएको छ । उपेन्द्रको पार्टी विभाजनपछि माधवको छट्पटी झन् बढेको छ।