पार्टी विभाजनको तोडले मुड बिगारे पनि उपेन्द्रले बुधबार मुख फोर्ने

मंगलबार, वैशाख २५, २०८१

पार्टी विभाजनको तोडले मुड बिगारे पनि उपेन्द्र यादवले बुधबार मुख फोर्ने भएका छन् ।

जनता समाजवादी पार्टी, नेपालले पार्टी विभाजनबारे भोलि आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । भोलि विहान ११ः३० बजे केन्द्रीय कार्यालय बालकुमारीमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

सो पत्रकार सम्मेलनमा अध्यक्ष उपेन्द्र यादवले आफ्नो धारणा राख्ने बताईएको छ । यादव नेतृत्वको जसपा, नेपाल विभाजन भएको छ । अशोक राईको नेतृत्वमा जसपा गठन भएको छ । निर्वाचन आयोगले हिजोमात्रै दल दर्ताको प्रमाणपत्र पनि दिइसकेको छ । यता, एमाले अध्यक्ष केपी ओलीले उपेन्द्रलाई बर्खास्त गर्न प्रचण्डलाई भन्याभन्यै छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्