सोसल मिडिया
युनिकोड
नेशनल पेमेन्ट गेटवे खरिदमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका सुनील पौडेललाई नौ वर्ष कैद हुने भएको छ। विशेष अदालतबाट वैशाख ७ गते दोषी ठहर भएका पौडेलको सजाय मंगलबार निर्धारण भएको हो।
विशेषका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई सजाय तोकेको हो। उनीविरुद्ध निर्धारण भएको बिगोबराबर २३ करोड २७ लाख ५८ हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ।
पौडेलसहित नौजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएकोमा आठजनाले सफाइ पाएका थिए।