काजमा कार्यरत सबै शिक्षकहरुको काज फिर्ता, कस्ताको काज रहन्छ कायम ?

मंगलबार, वैशाख २५, २०८१

देशभरका सामुदायिक विद्यालयमा काजमा कार्यरत शिक्षकहरुको काज फिर्ता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले घातक रोग लागेर उपचाररत बाहेक काममा रहेका सबै शिक्षकहरुको काज फिर्ताको निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षकहरुलाई अनावश्यक रुपमा काजमा राखिँदा पठनपठान अवरुद्ध भएको भन्दै सबै काज फिर्ता गर्न निर्देशन दिएकी थिईन् । मन्त्री श्रेष्ठको निर्देशन बमोजिम सचिवस्तरीय निर्णयबाट सबै समुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको काज फिर्ता गरिएको हो ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  २१:३४
प्रतिक्रिया दिनुहोस्