निजामती विधेयकमा संशोधन हालेका प्रस्तावकर्तासँग समितिले आजै गर्दैछ छलफल

शुक्रबार, पुस १२, २०८१

संघीय संसद्अन्तर्गतका दुई संसदीय समितिको बैठक बस्दै छ । राज्यव्यवस्था तथा सुशासन र पूर्वाधार विकास समितिको बैठक बस्न लागिएको हो ।

राज्यव्यवस्था समितिको बैठक दिउँसो १२ः१५ बजे कानुन  समितिको सभाकक्ष, सिंहदरबारमा बस्नेछ । संघीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्तासँग छलफल गर्ने सम्भावित कार्यसूची छ ।

पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा बस्नेछ । बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  ०८:२१
प्रतिक्रिया दिनुहोस्