नेताले देखाएको बाटो हिडेर जनताको सेवामा केन्द्रित हुनुपर्नेमा देउवाको जोड

शनिबार, पुस १३, २०८१

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अग्रज नेताले देखाएको बाटोबाट अघि बढ्दै जनताको सेवामा केन्द्रित हुनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौँ महानगरपालिकाका पूर्वमेयर एवं काङ्ग्रेस नेता पीएल सिंहको १३औं पुन्यतिथिमा आयोजना गरिएको श्रद्धान्जली सभामा देउवाले यस्तो बताएका हुन् ।

उनले स्वर्गीय पीएल सिंहले जनताको सेवाका लागि गरेका कामहरुको स्मरण गरे । पीएल सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान दिएको भन्दै उनले पार्टीलाई मात्रै नभइ देशलाई नै ठूलो क्षति भएको धारणा राखे ।

त्यस्तै, अन्य कांग्रेस नेताहरुले पीएल सिंहको योगदानको स्मरण गरेका थिए । समयदेखि आन्द्राको समस्याबाट पीडित ८५ वर्षीय सिंहको पुस १ गते निधन भएको थियो ।

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १३:१३
प्रतिक्रिया दिनुहोस्