सुवासपुत्र सुहाङले ११ बजे सपथ खाने, कोटमा लोगो लगाउने

बुधबार, वैशाख २६, २०८१

गत वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् ।

सभामुख देवराज घिमिरेले अहिले बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउने कार्यक्रम रहेको छ । उनले सुहाङलाई प्रतिनिधि सभा सदस्यको लोगो लगाएर सांसदको रूपमा जिम्मेवारी दिने छन्।

नेम्वाङ २७ हजार ७ सय ७२ मतसहित इलाम २ बाट विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाएका थिए ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०९:२५
प्रतिक्रिया दिनुहोस्