सोसल मिडिया
युनिकोड
नेपालका पाँचतारे होटलको सूचीमा अर्को एक होटल थपिएको छ। पाँचतारे होटलको अहिलेसम्मको सूचीको अटाएको होटल मर्क्युरले आफूलाई तयारी अवस्थामा राखेको छ। राजधानीको अग्रभागमै पर्ने सुकेधारा चोकैमा ठडिएको सो होटल सेवाग्राहीलाई सेवा दिन तम्तयार छ।
एघार ताला सहितको सो होटलमा कूल १०४ कोठा छन्। युवा उद्यमी देशबन्धु बस्नेत अजितको लगानीमा निर्माण भएको सो होटल आगामी माघ २ गतेदेखि संचालमा आउने छ। १५ जनावरी २०२५ देखि औपचारिक सुभारम्भ हुने सो होटल पहिलो फ्रान्सेली ब्राण्डको नेपाली होटल हो।
तीन खर्ब रुपैयाँ लगानीमा निर्माण भएको उक्त फ्रान्सेली ब्राण्डको यो फरक होटल नेपालमा भित्र्याउनुले गुणस्तरीय पर्यटकीय सेवामा केन्द्रित भएको सन्देश प्रवाह भएको छ।
नेपालको पर्यटनमा अरुभन्दा फरक प्रकारको पर्यटकीय सेवा दिने उक्त होटलको रणनीति छ। एसिया, युरोप, अफ्रिका एवं मध्यपूर्वक ११० वटा देशमा ५४ सय भन्दा बढी होटल सञ्चालन गरिरहेको अक्कोर ग्रुप नेपाल भित्रिएको हो ।
अक्कोर ग्रुपभित्र रहेको ४० भन्दा बढी ब्राण्डमध्ये नेपालमा भित्रिएको मर्क्युर एउटा होटल ब्राण्ड हो । द मेट्रोपोलिटन होटल प्रालिमार्फत नेपाल भित्र्याएको अक्कोरले ग्रुप अन्तर्गतको मर्क्युर ब्राण्डले पनि ६० भन्दा बढी देशमा ८१० वटा भन्दा बढी होटल सञ्चालन गरिसकेको छ ।
स्थानीय कला संस्कृति र परम्पराको प्रभावलाई आधुनिक डिजाइन र सेवासँग जोडेर दिइने आतिथ्यताको सेवा नै यो होटलको विशेषता हो । यसको सबै ब्राण्डको सेवामा एकरुपता दिनु र स्तरीय पर्यटकीय सेवा दिनु नै उक्त होटलको धर्म हुनेछ।
होटलले पूर्वाधारमात्रै नभएर सुकेधारको होटल परिसरमा हरियाली निर्माणसँगै सडक पूर्वाधारमा पनि योगदान गरेको छ । यो होटलले सार्वजनिक सेवासँगै ७० लाख रुपैयाँभन्दा बढी खर्चिएर १४० मिटर सडकसमेत निर्माण गरेको छ ।
पाँच रोपनी क्षेत्रफलमा फैलिएको होटलको टफ फ्लोमा स्वीमिङ पुल, होटलमा नेपाली, इण्डियन, चाइनिज रेस्टुरेन्ट, तीन सय क्षमताको ब्याक्वेट, आधुनिक जिम, स्टीम र साउना, वेलनेस सेन्टरसहितका सेवा सुविधा छन् । होटलले हाल २२० जनालाई रोजगारी दिएको छ । नेपालको अर्थतन्त्रमा योगदान पुर्याउने गरि सो होटलले आफूलाई थप अग्रणी बनाउने योजना पनि बनाएको छ। सम्पन्न मुलुक सँग जोडिएको सम्बन्धले पनि होटलले पर्यटक भित्र्याउने आंकलन समेत गरिएको छ।
हाेटलका सञ्चालक देश बन्धु बस्नेतले मर्क्युर काठमाडौं होटलका दूरदर्शी लक्ष्यका साथ सञ्चालनमा ल्याएका हुन् । उनले पूर्वी नेपालको इटहरीमा पनि अर्काे एक पाँचतारे स्तरकै होटल सञ्चालनको तयारी गरेका छन् ।
होटलका संचालक बस्नेत नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य समेत हुन्। उनी महासंघको हवाई तथा यातायात समितिको अध्यक्ष भएर पनि काम गरिरहेका छन् । जाम्बियाको मानार्थ कन्सुलर समेत रहेका बस्नेत एबी होल्डिङका अध्यक्ष पनि हुन् ।