पटके घुस्याहा अधिकृतलाई अख्तियारको काँजो, संगठनले किन थाप्छ काँध ?

मंगलबार, पुस १६, २०८१

शिक्षकको पेन्सनपट्टा बनाउन आवश्यक पर्ने कागजातमा मोलमोलाई गर्न पल्किएका राष्ट्रिय किताबखाना (शिक्षक)का शाखा अधिकृत धनेश्वर प्रसार्ईलाई आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । उनलाई तीनलाख नगद सहित अख्तियारले ठाउँको समातेको थियो। 

शक्तिको आडमा र पेन्सन पट्टा बनाउन आउने शिक्षक संग घुस उठाउन पल्केका प्रसाई आधा दशक अघि देखि किताबखाना छाउनीमा कार्यरत थिए । उनको पटक–पटक सरुवा भए पनि एमालेनिकट निजामती कर्मचारी संगठनको आडमा उनी खटाएको ठाउँमा नगई कितावखानामै बसेर गोरखधन्दा चलाउँदै आएका थिए। 

गएको असोजमा उनको शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीमा सरुवा भएको थियो । तर उनी सरुवा भएको कार्यालयमा नगई कितावखानामै बसे। अघिल्लो पटकको सरुवा पनि उनले बदर गराएको बुझिएको छ। पटक-पटक सरुवा बदर गराएका उनी अख्तियारको दृष्टीमा पटके घुस्याहा हुन्। अख्तियारले २०७७ फागुन ५ गते पेन्सन कागजात बनाउने क्रममा सेवाग्राहीसँग ५२ हजार घुस लिएपछि यिनै प्रसाई  विरुद्द मुद्दा दायर गरेको थियो । तर पछि उनले सफाई पाए। 

पटक–पटक घुससहित पक्राउ परेका अधिकृत प्रसाईँ एमालेनिकट निजामती कर्मचारी संगठनको शिक्षा विभागीय समितिका कोषाध्यक्षसमेत हुन् । उनलाई संगठनका नेताले नै काँध हाल्ने गरेको बुझिएको छ। उनी प्रधानमन्त्री केपी ओली संग पनि हिमचिम भएका कर्मचारी भएको बताईएको छ। 
 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  ०८:४३
प्रतिक्रिया दिनुहोस्