सैनिक शासन लगाएका दक्षिण कोरिया पूर्वराष्ट्रपति विरुद्ध पक्राउ पुर्जी जारी

मंगलबार, पुस १६, २०८१

दक्षिण कोरियाको राजधानी सियोलको एक अदालतले पूर्वराष्ट्रपति युन सुक योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

युनले देशमा लगाएको मार्सल लका कारण यो वारेन्ट जारी गरिएको हो। पूर्वराष्ट्रपति युनले डिसेम्बर ३ मा देशमा मार्सल ल (सैनिक शासन) लगाएका थिए।

तर, चर्को विरोधपछि उनले ६ घण्टाभित्र आफ्नो निर्णय फिर्ता लिनुपरेको थियो। यसपछि युनविरुद्ध महाभियोग प्रस्ताव ल्याइयो र उनलाई राष्ट्रपति पदबाट हटाइयो।

युनको मार्सल ल लागू गर्ने निर्णयविरुद्ध अनुसन्धान भइरहेको छ। उनलाई विद्रोह र देशद्रोहको आरोप लगाइएको छ।

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १०:४७
प्रतिक्रिया दिनुहोस्