सोसल मिडिया
युनिकोड
पूर्वप्रधानमन्त्री तथा सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी फुटाउन लागेको भनेर फैलाइएको हल्ला झुटो भएको स्पष्टीकरण दिएका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि एकीकृत समाजवादी पनि फुट्दै छ भनेर गलत प्रचार भइरहेको भनी खनालले बुधबार विज्ञप्ति जारी गरी सचेत हुन पार्टी पंक्तिलाई आग्रह गरेका हुन्।
‘...केही दिनदेखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पनि विभाजित हुँदै छ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला बडो तीव्र रूपले फैलाइएको छ। केही अवाञ्छित, स्वार्थी र कम्युनिस्टविरोधी तत्त्वहरूले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन्। त्यसले पार्टीव्यापी रूपमा एउटा भ्रमको कुहिरो फैलाइदियो’, खनालले विज्ञप्तिमार्फत भनेका छन्, ‘प्रतिकृयावादीहरू, औसरवादीहरू र पार्टीविरोधी क्षुद्र तत्त्वहरूका यस प्रकारका अनर्गल प्रचारबाट होसियार बनौँ, वर्तमान नयाँ समीकरणमा हाम्रो समर्थन र सहभागितालाई जारी राखौँ, पार्टी महाधिवेशनको तयारीमा हरेक प्रकारले एकताबद्ध भएर जुटौँ।’