सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारीमा लागेका छन् । अध्यादेशको ड्राफ्ट समेत तयार पारेर राखिएको प्रधानमन्त्री निकट श्रोतको दाबी छ।
प्रधानमन्त्री ओलीले उक्त अध्यादेश ल्याउन खुट्टा उचालेको केही महिना पहिल्यै हो। तर, सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापतिले मुन्टो बटारेपछि ओली पछि हटेका थिए।
ओलीले अध्यादेश ल्याउने चर्चाका बीच काङ्ग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री प्रकाशमान सिंहले काङ्ग्रेसका भएभरका मन्त्रीलाई आफ्नो मन्त्रालयमा भेला गरेका छन् । शहरी विकासमन्त्री सिंहले आज बिहान आठबजेदेखि काङ्ग्रेसका मन्त्री सँग छलफल गरेका हुन् ।
गृहमन्त्री रमेश लेखक सहितका काङ्ग्रेसका सबै मन्त्रीको बैठक तीन घण्टा यतादेखि चलिरहेकै छ। काङ्ग्रेसकै उच्च तहका नेता समेतले वर्तमान सरकारको विरोध गर्न थालेका छन् । यस्तो अबस्थामा काङ्ग्रेस मन्त्रीको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।