ओलीको लखेट्याईमा परेका रावल ओलीकै गृह प्रदेशमा ओर्लिए

शनिबार, पुस २०, २०८१

नेकपा एमालेको सचिवालय बैठकले पार्टीको संगठित सदस्यता नै खाइदिएपछि पार्टी विहिन भएका डा.भीम रावल कोशी प्रदेशस्थित विराटनगर ओर्लिएका छन्। 

उनलाई विराटनगर उत्रिएसँगै खादा र मालाले सम्मान गरिएको छ। उनी निकट स्रोतका अनुसार रावल आज सुनसरीमा बस्ने तयारी छ। 

रावल नयाँ पार्टी खोल्ने तयारीमा छन्। यसैका लागि देशभर घुमेर आफ्ना कुरा राख्ने तयारी उनको छ। उनले मातृभूमि अभियान संचालन गरेन घोषणा गरेका छन्।  

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको गृहजिल्ला झापा सम्मै पुगे रावलको कार्यक्रम छ।  रावल एमालेका पूर्व उपाध्यक्ष पनि हुन्।  कोशी प्रदेशमा सांगठानिक रूपमा एमाले दह्रो छ।  त्यहीं पुगेर रावलले ओली विरुद्दको जनमत आफूतर्फ तान्ने रणनीति अख्तियार गरेका छन्। 

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्