सोसल मिडिया
युनिकोड
आइसिसी टी-२० विश्वकपअघि नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ। एसिसी प्रिमियर कपकै टोलीमा आरिफ शेखलाई थप गर्दै टोलीको घोषणा गरिएको हो।
बिहीबार घोषित १६ सदस्यीय टोलीमा एसिसी प्रिमियर कपका लागि ओमान पुगेकै खेलाडीलाई मौका दिएको हो। युवा बलर आकाश चन्द वेस्ट इन्डिज भ्रमणमा वैकल्पिक खेलाडीका रूपमा रहेका थिए।
वेस्ट इन्डिजले भने विभिन्न समयमा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका १२ खेलाडी समेट्दै १५ सदस्यीय टोलीको घोषणा यसअघि नै गरेको छ। ५ खेलको टी-२० सिरिज १५ वैशाखबाट टियू मैदान, कीर्तिपुरमा सुरु हुँदै छ।
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको दोस्रो खेल १६ वैशाखमा हुँदा तेस्रो खेल १९ वैशाखमा हुने छ। त्यस्तै, प्रतियोगिताको चौथो खेल २० वैशाखमा र पाँचौ तथा अन्तिम खेल २२ वैशाखमा हुने छ।
यस्तो छ नेपाली टोली:
रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहोरा, विवेक यादव, आकाश चन्द
वेस्ट इन्डिज ‘ए’ टोली:
रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), फाबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसेन थोमस र हेडन वाल्स।