विहान सबेरै धोबीखोलामा कसरी खस्यो कार ?

आइतबार, पुस २१, २०८१

काठमाडौंको अनामनगरस्थित धोबीखोलामा कार खसेको छ । आइतबार बिहान बी एए ८७१४ नम्बरको कार मदन भण्डारी कलेज नजिकैबाट धोबीखोलामा खसेको हो ।

कार खसेर उत्तानु परेपनि चालक भने सकुशल रहेको काठमाडौं प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । धोबीखोलामा झरेको उक्त ट्याक्सीलाई अहिले ‘क्रेन’ले निकालिसकेको छ। 

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १०:२९
प्रतिक्रिया दिनुहोस्